Friday, 18 August 2017 12:29 pm, Nepal

एकै मन्चमा तीन शौन्दर्य प्रतियोगिता

मेचीकाली : 2017-06-25 18:32:42


 एक्सपोज नेपालले एकै मन्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । सौदर्य प्रतियोगीता आयोजनामा अन्तराष्ट्रिय छवी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्न लागेको हो । आइतबार एक बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन समेत खुल्ला गरेको छ ।

सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता  गर्दै आएको एक्सपोजका यी तीन प्रतियोगीतामा युवायुवती देखि बिवाहित महिलासम्मले भाग लिन पाउनेछन् ।तीन मध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले भाग लिन पाउनेछन् ।

युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगीताले प्रतिभावान र बौद्धिक ब्याक्तीको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिस्वास छ । प्रतियोगितामा सहभागीले बौद्धिकतासँगै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नु पर्नेछ ।

बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा भाग लिन पाउनेछन् ।स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित सबैलाई फाइनलमा उतारिनेछ ।

प्रतियोगीतामा शिर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिने छ । बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु