Happy tihar
Saturday, 21 October 2017 06:59 am, Nepal

विश्वकप छनोट : नेपालले सिङ्गापुरलाई हरायो

मेचीकाली : 2017-07-17 15:48:05


उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिङ्गापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो ।

चौहत्तर रनको झिनो लक्ष्य पछ््याएको नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याटसम्यान सन्दिप सुनार एक रनमा आउट भए भने आसिफ शेख चार रनमा आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन थालेको थियो ।

त्यस्तै तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याटसम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका अनिल साहले १९ ,दीपेन्द्र सिंह ऐरी दुई तथा प्रकाश केसीले छ रनमात्र जोडे । रोहितकुमार पौडेलले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए भने शाहब आलमले तीन तथा किशोर महतोले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिङ्गापुरका ब्याटसम्यान विगरु आयरले सर्वाधिक ४२ रन जोडे भने सिन अग्रवालले ११ रन जोडनुबाहेक अन्यले दोहोर अंक जोडन सकेनन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु