Friday, 18 August 2017 12:27 pm, Nepal

धुलिखेलमा घुस लिँदालिँदै दुईजना कर्मचारी पक्राउ

मेचीकाली : 2017-08-05 08:22:03


काभ्रे, २१ साउन :

पोल्ट्री फार्म दर्ता गर्ने क्रममा घुस खाने दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारले धुलिखेलस्थित उद्योग शाखामा कुखुरापालन व्यवसाय दर्ता गर्ने क्रममा घुस खाने कार्यालय सहयोगी हरिप्रसाद सुवेदी र माधवप्रसाद कुईकेललाई बिहिबार पक्राउ गरेको हो ।

उनीहरुले फार्म सञ्चालकसँग धुलिखेलस्थित थापा भोजनालयमा चिया खाउँ भन्दै फार्म सञ्चालकलाई बोलाएका थिए । उक्त भोजनालयमा घुस लिँदै गर्दा उनीहरुलाई रङ्गेगात पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । सुवेदी र कुईकेलले आफुहरु कार्यालयको नायब सुब्बा र खरिदार हो भन्दै फर्म दर्ता गरिदिने र उक्त काम गरे वापत ६५ हजार रुपैँया दिनुपर्ने भन्दै विगत एक महिनादेखि बार्गेनिङ गर्दै आएको स्रोतले जनाएको छ । एक महिनादेखि रकममा बार्गेनिङ गर्दै आएका उनीहरुले बिहिबार नगद १४ हजार रुपैँया लिएर फार्म दर्ता गरेपछि अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीमा रहेको नारी समुह पोल्ट्री फर्म दर्ता गरे वापत घुस लिएका हुन् । अख्तियारले उनीहरुले उद्योग शाखाका प्रमुख र नायब सुब्बालाई समेत थाहै नदिई घुस लिएको पाइएको जनाएको छ । घुस नदिई फार्म दर्ता नभएपछि बुधबार अख्तियारमा उजुरी गरेपछि अख्तियारको टोली काभ्रे आएको हो । उनीहरुले यसअघि फार्म सञ्चालकले होटल दर्ता गर्दा पनि घुस लिएका थिए । त्यतिबेला पनि घुन नदिई उनीहरुले होटल दर्ता नगरेपछि आफुले बाध्य भएर घुस दिएको उजुरीकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु