Sunday, 17 December 2017 08:08 am, Nepal

चीनमा २४ घन्टामा दुई शक्तिशाली भूकम्प

एजेन्सी : 2017-08-09 16:29:33


चेङ्गडु (चीन), २५ साउन : पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जना व्यक्तिको मृत्यु भएको छ ।यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९ः३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् ।

मङ्गलबार साँझ स्थानीय समयानुसार ९ः१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ ।

घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु