Wednesday, 22 November 2017 06:33 pm, Nepal

शिक्षा ऐनमा नवौँ संशोधनका लागि प्रमुख सचेतकसँग छलफल हुने

मेचीकाली : 2017-08-11 08:43:51


काठमाडौं, २७ साउन :

अस्थायी शिक्षकको माग सम्बोधन गर्न शिक्षा ऐनमा नवौँ संशोधनका लागि प्रमुख दलका प्रमुख सचेतकसँग आज छलफल हुने भएको छ । शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच गत असार ९ मा भएको सहमतिबमोजिम शिक्षा ऐन संशोधन नभएको र पुरानै कार्यतालिकामा आगामी भदौ ३ गते शिक्षक सेवा आयोगले परीक्षा लिन लागेको भन्दै अस्थायी शिक्षक पुनः अनशनमा छन् ।

अस्थायी शिक्षकले परीक्षामा असफल भएपनि उचित सुविधाको माग गरेका छन् । मन्त्रालय, महासंघ र समितिका प्रतिनिधिबीचको वार्तामा ऐन संशोधनका विषयमा प्रमुख दलका प्रमुख सचेतकसँग संवाद गर्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु