Wednesday, 18 October 2017 12:59 pm, Nepal

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु

मेचीकाली : 2017-08-11 17:01:24


राजविराज, २७ साउन :

सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।स्थानीय ४० वर्षीय बलराम सदाले आफ्नै दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै बसेर रक्सी खाएका दाजुभाइबीच विवाद हुँदा भाइले चिर्पट प्रहार गर्दा बल्खुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।गम्भीर घाइते भएका उनलाई उपचारका लागि सोही नगरपालिकाको फत्तेपुरस्थित ओम साई मनकामना अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।

चिर्पट प्रहार गर्ने बलरामलाई भने इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु