Friday, 18 August 2017 12:35 pm, Nepal

ट्याक्सी चढेर लुट्ने लुटेरा पक्राउ

मेचीकाली : 2017-08-11 17:06:44


भक्तपुर, २७ साउन :

यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ । चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा खरिपाटी प्रहरी प्रभागबाट खटिएर गएका प्रहरीले आज पक्राउ गरेका छन् ।

पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–७ बस्ने वर्ष २६ को सुमन दंगालले चलाएको बा २ ख १२४९ नम्बरको ट्याक्सी चढेर आज बिहान काठमाडाँै कुमारीगालबाट नगरकोट जाने भन्दै आएका दुई लुटेराले चाँगुनारायण नगरपालिका मुहानपोखरी नजिकै चालकको साथमा रहेको नगद रु पाँच हजार ९७०, चाँदीको सिक्री एक थान, सामसुङ मोबाइल थान एक थान र सुनको मुन्द्रा लुटपाट गरी फरार भएपछि प्रहरीले लुटेराको खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु