Happy tihar
Saturday, 21 October 2017 07:09 am, Nepal

पाकिस्तानमा भएको बम विस्फोटमा पाँचकोे मृत्यु, पच्चीस जना घाइते

मेचीकाली : 2017-08-11 17:13:34


इस्लामाबाद, २७ साउन :

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् ।कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । तर विष्फोटनमा परी मृत्यु हुनेहरू सवै जना पैदलयात्री रहेका बताइएको छ ।

सडकको छेउमा विस्फोटक पदार्थ राखेर रिमोर्ट मार्फत् लडाकूहरूले विस्फोटन गराएको स्थानीय राजनीतिक पदाधिकारीले जानकारी दिएका छन् ।घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।विस्फोटनपछि घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अहिले सम्म घटनाको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु