Happy tihar
Monday, 23 October 2017 10:53 pm, Nepal

राजपा र सरकारबीच सहमति

मेचीकाली : 2017-08-11 18:28:12


संविधान संशोधन निर्णयार्थ पेश गरिने
काठमाडौं, २७ साउन :

राष्ट्रिय जनता पार्टी र सरकारबीच संविधान संसोधन प्रस्ताबको प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुई पक्षका नेताहरुविचको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको हो ।  यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव सुनिश्चत भएको छ ।

छलफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै विधेयक पेश गर्ने सहमति भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।  बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै आसन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिवद्धता पनि जनाएको छ ।  छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले जानकारी दिनुभयो । तत्काल संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति सरकारसँग गरिएको राजपा नेता शरतसिंह भण्डारीले बैठकपछि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु