Sunday, 17 December 2017 08:13 am, Nepal

आवासीय क्षेत्रमा भएको आक्रमणमा तेह्र सवसाधारण मारिए

एजेन्सी : 2017-08-12 13:31:17


अफगानिस्तान, २८ साउन :

अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने आवासीय इलाकामा शुक्रबार राती भएको मोटार्सजडान धराप आक्रमणहरुमा परी कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको छ ।आवासीय इलाकालक्षित दुई वटा यस प्रकारको आक्रमणमा परी अन्य तीन जना व्यक्ति घाइते भएका अधिकारीहरुले जनाएका छन ।

उत्तरी फार्याब प्रान्तको दवलाताबाद जिल्लामा पर्ने टोर्त आताइ गाँउमा भएको यस आक्रमण परी निर्दोष १३ सर्वसाधारण नागरिकको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन ।आतङ्ककारीहरुले गत शुक्रबार रातीे मोटार्स जडान गरिएको दुई धराप आक्रमण गरेका थिए ।

स्थानीय गाँउलेहरुले रक्तपातपूर्ण यो घटनाको पुष्टी गर्दै मृत्यु हुने र घाइतेहरुको विवरण पनि दिएका छन ।तर बम कसले किन प्रहार गरेको हो भन्ने बारेमा भने अहिले सम्म पनि उनीहरुले पनि भन्न सकेका छैनन । सरकारी अधिकारीहरुले पनि घटनामा संलग्न समूहको पुष्टी गर्न सकेको छैनन । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको भने बताएका छन् ।

गत एक दशक देखि फार्याब प्रान्तको राजधानी मैमाना तालिवान लडाकूहरुको बलियो प्रभावमा रहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु