Tuesday, 19 December 2017 02:13 am, Nepal

बाढी र डुबानबाट हालसम्म ३६ जना भन्दा धेरैको मृत्यु

मेचीकाली : 2017-08-12 17:48:25


हजारौं विस्थापित
काठमाडौं, २८ साउन :

तराईका केही जिल्लामा आएको बाढी र डुबानबाट हाल सम्म ३६ जना भन्दा धेरैको मृत्यु भएको छ । गएरातिदेखि परेको लगातारको वर्षाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३६ भन्दा धेरै रहेको र उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको गृहमन्त्री जनार्दन शर्माले बताउनुभयो । झापा लगायतका केही जिल्लामा जोखिममा रहेका नागरिक र समुदायलाई उद्धारका लागि कठिनाइ भएको पनि मन्त्री शर्माले बताउनुभयो । खराब मौसमका कारण हेलिकप्टर उडाउन नसकिदा समस्या भएको उहाँको भनाइ छ ।

 कतिपय स्थान अझै जोखिममा रहेको भन्दै विशेष सर्तक रहन पनि सरकारले सर्वसाधरणलाई आग्रह गरेको छ । केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको आज बसेको आकस्मिक बैठकपछि मुलुकका पूर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन गरिएको जनाएको छ । राहत सामग्री संकलन र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था लगायतलाई सरकारले अपिल पनि गरेको छ । खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ । गएरातिदेखिको भारी बर्षापछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी, बाँके, दाङ लगायत जिल्ला डुबानमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु