Saturday, 23 September 2017 02:49 pm, Nepal

बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

मेचीकाली : 2017-08-13 10:35:44


आज पनि दिनभर बर्षा हुने
काठमाडौं, २९ साउन :

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशैभर बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको छ । बाढी पहिरोका कारण अहिलेसम्म ४५ जनाको ज्यान गएको छ । सुनसरीमा  ८, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, मकवानपुर, सुर्खेत, पाँचथर र बाँकेमा ३/३, बारा र दाङमा २/२, पाल्पा र बर्दियामा एक÷एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पछिल्लोपटक आज बिहान रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए । विभिन्न जिल्लामा बाढी पहिरोमा परी सयौँ विस्थापित भएका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण कठिनाई भएको छ ।

तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका छन् । यसैबीच, देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ । पूर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आज मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो प्रणालीको असरले सोमबार बिहानसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । अहिले देशभरि नै पानी पारिरहेको यो प्रणाली सोमबारसम्ममा नेपालबाट बाहिरिने भएकाले सोमबार दिउँसोदेखि भने कम पानी पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु