Sunday, 19 November 2017 08:00 pm, Nepal

बाढी पहिरो पीडितका लागि धुलिखेल नगरपालिकाद्वारा सहयोगको निर्णय

मेचीकाली : 2017-08-14 08:13:58


काभ्रे, ३० साउन :

देशका विभिन्न भागमा गएको बाढी र पहिरोका कारण विस्थापित भएका परिवारहरुलाई धुलिखेल नगरपालिकाको तर्फबाट एक लाख एक हजार एक सय एघार रुपैया दिने निर्णय गरेको छ । नगरपालिकाको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै नगर प्रमुख अशोक ब्याञ्जुले स्थानीय सरकारहरुले विपत्तका बेला सहयोग गर्नु पर्ने बताए ।

नगरपालिकाको आकस्मिक कोषबाट बाढी पहिरो पीडितहरुका लागि सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताए । नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा हुने गरी स्थानीय सरकारको तर्फबाट सहयोग स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गर्ने निर्णय भएको हो । देशमा विपत्ति भएका बेला स्थानीय सरकार अवस्थामा चुप बस्न सक्दैनन भन्ने सन्देश दिन तत्काल यो सहयोगको निर्णय भएको नगर प्रमुख ब्याञ्जुले बताए । नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट मार्फत १० लाख आपतकालिन कोषमा रकम विनियोजन गरेको हो ।

नेपाल नगरपालिका संघका उपाध्यक्ष समेत रहेका ब्याञ्जुले देशभरका स्थानीय सरकारहरुलाई आपतकालिन अवस्थामा सहयोग पु¥याउन अपिल गरे ।  पत्रकार सम्मेलनमा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा, कार्यकारी अधिकृत महेश बरालले नगरपालिकाको यस्तो कोषलाई सक्रिय बनाउन र आपतकालिन अवस्थामा सहयोग पु¥याउन नगरपालिका सदैव तत्पर रहेको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले नगरपालिकाको अभियानको प्रशंशा गर्दै सम्पूर्ण क्षेत्रबाट सहयोगमा जुट्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु