Tuesday, 26 September 2017 01:15 pm, Nepal

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७०

मेचीकाली : 2017-08-14 08:15:21


मृत्यु भएका व्यक्तिको परिवारलाई दुई लाख रुपैयाँ दिइने
काठमाडौं, ३० साउन :

तीन दिनयता देशका विभिन्न जिल्लामा गएको बाढी÷पहिरोमा मृत्यु हुनेको संख्या ७० पुगेको छ । बाढी र पहिरोमा परेर कम्तिमा ५० जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ । यसैबीच, सरकारले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुई लाख सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिदको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक दुई लाख राहत दिने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलव बाढी पहिरो पीडितलाई दिने समेत निर्णय गरेको छ ।

मन्त्रीहरुको एक महिनाको तलव अब सिधै प्रधानमन्त्री राहत कोष मार्फत बाढी पीडितका लागि जाने छ। मन्त्रीपरिषद बैठकले उद्धार, पुनस्थापना र राहत वितरणलाई युद्धस्तरमा संचालन गर्ने निर्णय गरेको छ । सरकारी हेलिकोप्टर मात्र उद्धार तथा राहतका लागि पर्याप्त नहुने भएकाले निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले बताए  । मन्त्री बस्नेतले पहिलो प्राथमिकता उद्धार नै भएको भन्दै उद्धारसँगै खाद्यान्न राहत पुर्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु