Tuesday, 26 September 2017 01:15 pm, Nepal

क्यान काभ्रेलाई चुनाव लाग्यो

मेचीकाली : 2017-08-14 16:34:00


बनेपा, ३० साउन  कम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान महासंघ) काभ्रेमा चुनावी सरगर्मी बढेको छ । सूचना तथा संचार प्रविधि क्षेत्रको छाता संगठन क्यानको भदौ ३ गते सूचना प्रविधि पार्कमा तेह्रौ साधारण सभा एवं अधिवेशन हुँदैछ । जिल्ला अधिवेशनका लागि हरिशरण दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन कार्यक्रम अनुसार भदौ १ गते उम्मेदवारी दर्ता, २ गते दावी विरोध र उम्मेदवारी फिर्ता तथा ३ गते मतदानको कार्यक्रम तोएिको छ ।

२०६० सालमा स्थापना भएको क्यान काभ्रेको नेतृत्व यस पटक प्रत्यक्ष निर्वाचनको माध्यमबाट चुनिनेछ । क्यानको विधानमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र ७ जना सदस्य रहने व्यवस्था छ । अध्यक्षको प्रत्यक्ष रुपमा निर्वाचन हुनेछ भने अन्य पदाधिकारीहरुको लागि संस्थागत सदस्यहरुबाट ६ जना र व्यक्तिगत सदस्यहरुबाट ६ जनाको निर्वाचन भई निर्वाचित सदस्यहरुले पदाधिकारीको निर्वाचन गर्नेछन् ।

२ बर्षे कार्यकाल रहेको क्यान महासंघ काभ्रेको नेतृत्व गर्न जयराम हुमागाई, विकास पन्त र रामचन्द्र न्यौपाने कसिएका छन् । हुमागाई यस अघि दुई कार्यकाल उपाध्यक्ष रहिसकेका छन् भने पन्त वर्तमान कार्यसमितिका कोषध्यक्ष हुन् । न्यौपाने क्यान काभ्रेका संस्थापक मध्येका हुन् । हुमागाई सूचना प्रविधि व्यवसायी हुन् भने पन्त र न्यौपाने व्यक्तिगत सदस्य रहेका छन् । क्यानको नेतृत्व पालैपालो व्यक्तिगत सदस्य र संस्थागत सदस्यले गर्दै आएको इतिहास छ ।

Can

क्यान काभ्रेका हालसम्मका अध्यक्षहरु

कार्यकाल             अध्यक्ष               सदस्यता समूह   

२०६०–२०६४     अमृतकुमार पन्त         व्यक्तिगत सदस्य

२०६४–२०६६     शेखरनाथ दुलाल        संस्थागत सदस्य

२०६६–२०६८     मनोजकुमार न्यौपाने     व्यक्तिगत सदस्य

२०६८–२०६९      निरञ्जन मानन्धर       संस्थागत सदस्य

२०६९–२०७१      कैलाश पलाञ्चोके     संस्थागत सदस्य

२०७१–२०७४      नवराज भूर्तेल       व्यक्तिगत सदस्य

 

अधिवेशनको पूर्व सन्ध्यामा सोमबार बनेपामा महासंघका केन्द्रीय सदस्य शेखरनाथ दुलाल, पूर्व अध्यक्षहरु मनोजकुमार न्यौपाने र निरञ्जन मानन्धर, निवर्तमान अध्यक्ष कैलाश पलाञ्चोके लगायतको उपस्थितिमा चुनावी भेला आयोजना भयो । पूर्व अध्यक्ष न्यौपानेले सर्वसम्मत नेतृत्वको लागि पहल भइरहेको बताए । इ–भिलेजको एजेण्डाबाट सुरु भएको क्यान काभ्रेको अभियान स्मार्ट सिटीको अवधारणासम्म पुगिसकेकोले सक्षम नेतृत्व चयन गर्नुपर्ने क्यान काभ्रेका अध्यक्ष नवराज भूर्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु