Wednesday, 22 November 2017 06:38 pm, Nepal

मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको निन्दा

एजेन्सी : 2017-08-15 16:32:01


संयुक्त राष्ट्र संघ, ३१ साउन :

मालीमा रहेको संयुक्त राष्ट्र संघीय मिसनमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्यहरुले कडा शब्दमा निन्दा गरेका छन् । यस आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको थियो । सुरक्षा परिषद्का सदस्यले माली सरकारलाई यस आक्रमणको तत्काल अनुसन्धान सुरु गर्न र अपराधीलाई सजाय दिलाउनुपर्ने उल्लेख गर्दै विज्ञप्ति प्रकाशित गरेका छन् ।

मालीमा अन्तरराष्ट्रिय कानूनको विपरित बारम्बार शान्ति सेनालक्षित आक्रमण हँुदै आएको पाइन्छ । सोमबार मालीको डोउएन्जा र टिम्बुक्टुमा रहेको संयुक्त राष्ट्र संघीय मिसन मिनुस्मा भएका आक्रमणमा मालीलगायत अन्य देशका संयुक्त राष्ट्र संघका शान्ति सेनाहरु मारिएका थिए ।

एक शान्ति सेनालगायत यसमा परी केही व्यक्ति घाइते समेत भएका छन । बारम्बार हुने गरेको आतङ्ककारी आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नै समस्या आएको सुरक्षा परिषद्का सदस्यहरुले चेतावनी समेत दिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु