Sunday, 19 November 2017 08:02 pm, Nepal

पारित भयो प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्वन्धी विधेयक

मेचीकाली : 2017-09-04 16:40:02


चुनावका लागि कानुनी बाटो खुला
काठमाडौं, १९ भदौ :

लामो विवादपछि प्रदेश र प्रतिनिधिसभा चुनावसम्वन्धी विधेयक संसदले पारित गरेको छ । यससँगै आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि बाटो खुलेको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा प्रस्तुत भएको विधेयक बहुमतले पारित गरेको हो । बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयक पारितको प्रस्ताव पेश गरेका थिए ।

निर्वाचन आयोगले विधेयक पारित नहुँदा आफूलाई प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारी गर्न समस्या भएको बताउँदै आएको थियो ।  यसअघि आजै बिहान बसेको संसदको राज्य व्यवस्था समितिबाट यो विधेयक पारित भएको थियो । भ्रष्टाचारको सजाय पाएका नेताले पनि चुनावमा उम्मेदवारी दिन पाउनु पर्ने मागबाट कांग्रेसका सांसद पछि हटेपछि विधेयक पारित भएको हो । विधेयकको दफा १३ को उपदफा ‘ङ’ मा भ्रष्टाचारीले आजीवन चुनाव लड्न नपाउने व्यवस्था प्रस्ताव गरिएकोमा कांग्रेसका १९ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका थिए । यही विादका कारण लामो समयसम्म समितिको बैठकसमेत बस्न सकेको थिएन ।

चौतर्फी आलोचना भएपछि आजको बैठकमा कांग्रेसका सांसदले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । संशोधन प्रस्ताव फिर्ता लिँदै कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले भ्रष्टाचारीले उम्मेदवारी दिन पाउनु पर्छ भन्ने पार्टीको धारणा नरहेको र संशोधन प्रस्ताव आफूहरुले व्यक्तिगत रुपमा पेश गरेको बताए । उनले संशोधन प्रस्ताव फिर्ता लिँदै कांग्रेस संविधान कार्यान्वयका लागि प्रतिबद्ध रहेको बताए । यस्तै विधेयकमा रहेको ‘नो भोट’ सम्बन्धी व्यवस्था भने सरकारले फिर्ता लिएको छ । विधेयकको दफा ७६ मा रहेको नो भोट सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु