Tuesday, 26 September 2017 01:16 pm, Nepal

काभ्रेमा पुरै अनुदान लिने डेढ सय पनि पुगेनन्

मेचीकाली : 2017-09-04 16:43:04


बनेपा, १९ भदौ :

काभ्रेपलाञ्चोकमा पुनःनिर्माणका लागि १३१ घरपरिवारले तीन पटक गरी प्रयेक घरपरिवारले रु तीन लाख लिएका छन् ।भूकम्पपीडितले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख गरी कूल रु तीन लाख लिएका हुन् ।जिल्लामा कूल ७२ हजार ४१७ भूकम्पपीडितले नाम दर्ता गरेका छन् । तीमध्ये ६३ हजार ८७० ले पहिलो किस्ताबापतको रु ५० हजार लगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलले जनाएको छ । तर पनि भूकम्पपीडितले आवास निर्माण गरेका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले आवास निर्माण प्रक्रिया सुस्त भएको उल्लेख गर्दै विभिन्न कारणले पुनःनिर्माण प्रक्रिया तीव्र हुन नसकेको बताउनुभयो ।उहाँले आठ हजार ५३३ जनाले आवास निर्माणको काम शुरु गरेको जानकारी दिँदै पहिलो किस्ताको रकम लगेर घरको जग निर्माण नै नगर्ने करिब ५५ हजार लाभग्राही भएको बताउनुभयो ।

प्राधिकरणका प्रमुख गैडाले जिल्लामा ११ हजार दुई जनाले आफूखुशी घर बनाएको भन्दै रकम दिन अस्वीकार गरेको उल्लेख गर्दै सरकारले तोकेको मापदण्डविपरीत निर्माण भएका घर सिफारिसमा नपर्ने बताउनुभयो ।पानीको अभाव, समयमै इञ्जिनियर घर बनाउन गाउँ नगएको लगायतका कारणले पुनःनिर्माण प्रभावित भएको बताइएको छ ।जिल्लामा लाभग्राहीको संख्या ६९ हजार ४३१ रहेको छ भने अनुदान सम्झौता भएकाको संख्या ६३ हजार ५११ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु