Tuesday, 26 September 2017 01:13 pm, Nepal

इच्छापत्रको नयाँ व्यवस्थालाई लिएर व्यवस्थापिका संसद नै विभाजित

मेचीकाली : 2017-09-11 08:46:39


काठमाडौं, २६ भदौ :

मूलुकी ऐन प्रतिस्थापन गर्न बनेको बिधेययकमा आएको ईच्छापत्रको नयाँ व्यवस्थालाई लिएर व्यवस्थापिका सांसद नै विभाजित भएको छ । व्यवस्थापिका संसदको विधाययन समितिले आमाबुवाको मृत्युपछि आफ्नो सम्पति इच्छाएको व्यक्तिलाई दिन सक्ने गरि नयाँ विधेयक बनाएको थियो ।

समितिले पारित गरेर व्यवस्थापिका संसदमा पुगेको विधेययकमा सभामुख ओनसरी घर्ति सहित संसदका अधिकांश महिला सांसदले बिरोध जनाए पछि यो व्यवस्था सहितको बिधेययक संसदमा रोकिएको छ । महिला सांसद तथा महिला अधिकारकर्मिहरुले भने समानताको हक राम्रोसंग लागू नहँुदै सम्पतिमा ईच्छ्यापत्र लागू गर्न खाज्नु महिलाहरुलाई फेरी पछाडी धकेल्नु भएको टिप्पणी गरेका छन् ।
रिष्ठ अधिवक्ता तथा महिला अधिकारकर्मि मीरा ढुङ्गानाले इच्छापत्रले महिलाको सम्पत्तीमा हुने हकमा बन्देज लगाउने बताउनुभयो । तर संसदका पुरुष सांसदहरुले भने १८ बर्षपछि लागू हुने ईच्छ्यापत्रको यो व्यवस्था प्रति बिरोध गर्नुको आवश्यकता नरहेको बताएका छन् । उनीहरुले छोराछोरीलाई सम्पति बाँड्ने चलनले छोराछोरीका बिचमा झै झगडा उत्पन्न हुने तथा जग्गा जमिनको पनि दहन हुने दाबी गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु