Sunday, 19 November 2017 08:04 pm, Nepal

चुनाव प्रचारमा दलहरु

मेचीकाली : 2017-09-12 08:44:12


आचारसंहिता उल्लंघन पनि बढ्यो
काठमाडौं, २७ भदौ :

असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता प्रमुख राजनीतिक दलहरुले नै उल्लंघन गरिरहेको पाईएको छ । प्रदेश नम्बर २ को चुनावी माहोल तातेको अवस्थामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिकलगायतका दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ ।

 प्रसार र घरदैलोमा जुटेका दलहरुले पार्टी चिह्न अंकित टि–सर्ट, टोपीलगाएतको प्रयोग गर्नुका साथै १५ वर्षमुनिका बालबालिकालाई पनि चुनाव प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । आचारसंहिता विपरीत ऐतिहासिक एवम् पुरातात्विक महत्वका मठ मन्दिर, विद्यालय, चौतारालगायतका सार्वजनिक स्थल र संरक्षित क्षेत्रमा जथाभावी पर्चा पम्पलेट टाँसिएको छ । निर्वाचन आयोगले आचारसंहिताको पालना गराउन कुनै पहल नगरेका कारण तुल, ब्यानर, झण्डा जस्ता निर्वाचन प्रचार सामाग्री मनपरी टास्नेक्रम बढेको स्थानीयको आरोप छ । बालबालिकालाई चुनाव चिन्ह अंकित टिसर्ट, टोपी लगाउन दिएर प्रचारप्रसारमा प्रयोग गरिएको छ । निर्वाचन आयोगले आज चुनावका लागि अधिकृतहरु खटाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु