Wednesday, 22 November 2017 06:36 pm, Nepal

आणविक परीक्षण झनै बढाउछौँ– उत्तर कोरिया

मेचीकाली : 2017-09-13 16:32:45


प्योङयाङ, २८ भदौ :

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो ।

अमेरिकाको प्रस्तावमा त्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ ।

सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणगर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ ।

उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो ।

विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु