Happy tihar
Monday, 23 October 2017 11:02 pm, Nepal

एमाले स्थायी समितिको बैठक बस्दै

मेचीकाली : 2017-09-26 10:27:02


काठमाडौं, १० असोज :

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तय गर्दैछ । आज बस्ने स्थायी समितिको बैठकले मापदण्ड बनाउनेछ । यसअघि एमालेले पार्टीतर्फको उम्मेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

आज दिउँसो बस्ने स्थायी समिति बैठकले उम्मेदवारको मापदण्डका विषयमा छलफल गर्ने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । उम्मेदवारको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजनाका विषयमा बैठकमा छलफल हुनेछ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुने उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु