Happy tihar
Monday, 23 October 2017 11:03 pm, Nepal

एमाले काभ्रेले तोक्यो क्षेत्रीय संयोजक

मेचीकाली : 2017-10-03 08:18:33


काभ्रे, १७ असोज :

नेकपा एमाले जिल्ला कमिटीको सचिवालय बैठकले उम्मेदवारहरुको चयनका लागि संघ र प्रदेशमा निर्वाचन क्षेत्र अनुसार संयोजक चयन गरेको छ । जिल्ला अध्यक्ष टोकबहादुर वाईवाको अध्यक्षतामा बसेको बैठकले संघको निर्वाचन क्षेत्र नम्वर १ का लागि संयोजकमा पार्टी अध्यक्ष टोकबहादुर वाईवा र क्षेत्र नम्वर २ मा उपाध्यक्ष अशोक ब्याञ्जु रहेका छन् ।

 त्यस्तै प्रदेश अन्र्तगत क्षेत्र नम्वर १ मा सचिवालय सदस्य राजन भुर्तेल, क्षेत्र नम्वर २ मा सचिवालय सदस्य गणबहादुर लामा, क्षेत्र नम्वर ३ मा सचिवालय सदस्य पुस्कर ढकाल र क्षेत्र नम्वर ४ मा हरिदेव गिरी संयोजक रहेका छन् । संयोजकहरुले असोज १९ गते विहिबार दुई पुरुष र १ महिलाको नाम उम्मेदवारका रुपमा सिफारिस गर्नेछन् ।  उम्मेदवारका लागि आवश्यक पर्ने एक ब्यक्तिको सर्वसम्वत सिफारिस गर्ने सम्भावना पनि निर्वाचन कमिटीले गर्न सक्नेछ । क्षेत्रिय कमिटीले गरेको सिफारिसका आधारमा जिल्ला कमिटीले असोज २१ गते निर्णय गरी प्रदेश कमिटीमा पठाउनेछ ।

त्यसका लागि एमालेले उम्मेदवार हुने ब्यक्तिहरुको मापदण्ड तय गरिसकेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा विघटित निर्वाचन क्षेत्रिय कमिटीका सदस्यहरु हाल आफु रहेको निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय  कमिटीको सदस्य रहनेछन् । जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीको संयोजक रहने ब्यवस्था पार्टीले गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचन समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटी सदस्य संयोजक रहने ब्यवस्था छ भने कमिटीमा प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगत रहेका गाउँ कमिटी र नगर कमिटीका सचिवालय सदस्यहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु