Happy tihar
Monday, 23 October 2017 11:00 pm, Nepal

शिव हुमागाईंले चुनाव नलड्ने

मेचीकाली : 2017-10-03 08:18:56


काभ्रे, १७ असोज :

नेपाली कांग्रेसका पुर्व सभापति, पुर्व सांसद शिवप्रसाद हुमागाईले आगामी मसिंरमा हुने संघ र प्रदेशका दुबै चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । हुमागाईले प्रत्यक्षमा मात्रै नभई समानुृपातिक निर्वाचनमा समेत आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् । नेपाली कांग्रेसमा पटक पटक सभापति भई २०५६ सालको निर्वचनमा सांसद निर्वाचित भएका थिए ।

पार्टीको संगठन बलियो बनाउन र टिकटकै कारण पार्टी भित्र विवाद सिर्जना नगरी पार्टीका उम्मेदवारहरुलाई जिताउन हुमागाईले आफु कुनै पदमा नउठ्ने घोषणा गरेका हुन् । श्रोतका अनुसार निर्वाचन क्षेत्र नम्वर १ बाट उठ्ने मनसाय बनाएका हुमागाई पार्टीको संगठन कमजोर भएकाले उम्मेदवार नबन्ने संकेत गरेका हुन् । नेपाली कांग्रेसका तर्फबाट वर्तमान सांसद तीर्थ लामा उम्मेदवार बन्ने सम्भावना छ । हुमागाई निकट श्रोतका अनुसार हुमागाई उम्मेदवार नबने पनि सक्रिय रुपमा पार्टीका उम्मेदवारलाई सघाउने छन् । संघको क्षेत्र नम्वर १ मा वर्तमान सांसद तिर्थ लामा र क्षेत्र नम्वर २ बाट मधु आचार्य उम्मेदवार बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु