Happy tihar
Monday, 23 October 2017 11:04 pm, Nepal

‘सरकार पुनर्गठन र चुनाव सार्ने काम अमान्य’

मेचीकाली : 2017-10-10 14:19:38


धनगढी, २४ असोज :

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नं २ र अछाम क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ । बैठकले ७ नं प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु