Happy tihar
Monday, 23 October 2017 10:57 pm, Nepal

फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं– ५बाट सिफारिस

मेचीकाली : 2017-10-11 16:36:53


विराटनगर, २५ असोज :

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ । सो क्षेत्रबाट उहाँको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराउनुभयो ।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुनुहुन्छ । सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उहाँको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु