Happy tihar
Monday, 23 October 2017 11:03 pm, Nepal

तरकारीको मूल्य आकासियो

मेचीकाली : 2017-10-11 16:38:15


तेह्रथुम, २५ असोज :

दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।

त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् ।तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताउनुभयो । मुख्य आमदानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् ।

बन्दागोभी, काउली र मुला बिक्री गरेर लाखाँैं रुपैयाँ हात पारिरहेका छन् । अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारीखेतीमा लागेका किसानका लागि चाडबाडको समयमा हुने तरकारीको मूल्य वृद्धिले फाइदा पु¥याएकोे छ । जिल्लाको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा र वसन्तपुर, संखुवासभाको तामाफोक र मामलिङ तथा धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवा दिन, मूर्तिढुंगा, ताङखुवा, भीरगाउँ, पाख्रिबास, तेलियालगायतका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् ।

बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरेसम्मका सडकका दायाँबायाँका हजारौँं रोपनीमा बेमौसमी तरकारी खेती गरिएको छ । यस क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी धरान, विराटनगर, विर्तामोड, नारायणघाट, वीरगन्जलगायतका बजारमा बिक्री हुन्छ ।

–––

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु