Happy tihar
Monday, 23 October 2017 11:02 pm, Nepal

क्याटालोनियाका नेतालाई राज्य टुक्र्याउने काममा नलाग्न इयुको आग्रह

एजेन्सी : 2017-10-11 16:40:45


ब्रसेल्स, २५ असोज :

युरोपेली युनियनले क्याटालोनियाको पृथकताका लागि आन्दोलन गरिरहेका नेताहरुलाई राज्य टुक्राउने काममा नलाग्न र जनमत संग्रहको परिणामको वकालत गरी द्वन्द्व चर्काउने काम नगर्न आग्रह गरेको छ ।हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणा गरेपछि इयुको सो भनाई आएको हो ।

युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले सो आग्रह गर्नुभएको हो । उहाँले हाललाई यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ ।क्याटालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो । तर जनमत संग्रहलाई विवादास्पद मानिएको छ ।सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटोलोनियाको विरोधका कार्यक्रमहरुलाई नचर्काउन क्याटलोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएका बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले जनमत संग्रह सर्वस्वीकार्य हुन नसकेको धारणा यसअघि नै राख्नुभएको थियो । उहाँले पनि सो जनमत संग्रहको निर्णयबाट नै पछि हट्न ती नेताहरुलाई आग्रह गर्नुभएको थियो ।उक्त राज्यको स्वतन्त्रताका लागि तथा त्यसको पनि विरोधमा बार्सिलोना तथा म्याड्रिडमा दिन प्रतिदिन विरोध कार्यक्रमहरु जारी छन् । निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।क्याटालान नेता कार्लेस पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब आइरहेको बुझिएको छ ।गत साता भएको जनमत संग्रह विवादास्पद भएको थियो । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु