Wednesday, 22 November 2017 06:46 pm, Nepal

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल डिभिजन टु मा घटुवा

मेचीकाली : 2017-10-16 10:07:46


हङकङविरुद्धको दोस्रो खेल रद्द
काठमाडौं, ३० असोज :

नेपाल विश्व क्रिकेट लिगको डिभिजन टु मा घटुवा भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हङकङसँगको दोस्रो खेल वर्षाको कारण रद्द भएसँगै नेपाल पहिलो डिभिजनबाट दोस्रो श्रेणी अर्थात डिभिजन टु मा घटुवा भएको हो । आजको खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् ।

आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन आजलाई खेल सारिएको थियो । आज पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ ।  अब नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स युएइको सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुग्नेछन् । नेपाल अब शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएसँगै घटुवा भएको हो । यो घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो  । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो । घरेलु टोलीविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु