Wednesday, 22 November 2017 06:44 pm, Nepal

टि–ट्वेन्टी विश्वकप छनोट : नेपाली महिला क्रिकेट खेलाडी छनोट

मेचीकाली : 2017-11-02 17:01:08


 आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो ।

छनोट हुने नेपाली टोलीका सदस्यमा उपकप्तान सीता रानामगर, नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन् ।

त्यसैगरी वैकल्पिकतर्फ नितु भण्डारी, रेखा रावल र कविता कुँवर रहेका छन् । थाइल्याण्डमा आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वेन्टी विश्वकप एशिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङ्कङ, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ) र चीन सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मंसिर १० गते चीनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु