Wednesday, 22 November 2017 06:43 pm, Nepal

माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना एक वर्ष भित्र पूरा गर्न ताकेता

मेचीकाली : 2017-11-06 11:28:35


नुवाकोट, २० कात्तिक :

नेपाल विद्युत प्राधिकरणले नुवाकोट र रसुवामा निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजना तोकिएको समय अघि सम्पन्न गर्न ताकेता गरेको छ । ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रविण अर्याल सहितको टोलीले आयोजनाको स्थलगत निरीक्षण गरी अर्को वर्षको हिउँदसम्ममा विद्युत उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

भूकम्प र पहिरोले ‘काबु बाहिरको परिस्थिति’ उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद २०७६ बैशाख १७ गते सम्म थप गरेको छ । प्राधिकरणको उच्चस्तरीय टोलीले आयोजनास्थल मनकामनाको सिम्लेमा ठेकेदार कम्पनी पक्ष, पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच छलफल गरी आयोजना निर्माणको कामलाई तिव्रता दिएर समय थप गरिएको समय भन्दा अघि नै आगामी फागुनसम्ममा काम पूरा गर्न निर्देशन दिएको हो । प्राधिकरणको टोलीले तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने आश्वासन समेत दिएको छ भने ठेकेदार कम्पनीले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । उर्जा सचिव उपाध्यायका अनुसार आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा समेत राखेकाले तोकिएको समयअघि निर्माण सक्ने आधार भएकाले काममा तिव्रता दिनुपर्ने भएको छ ।

प्रसारण लाइन निर्माण सहितको आयोजनाको समग्र निर्माणको काम ६५ प्रतिशत  पूरा भएको ठेकेदार पक्ष चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले जनाएको छ । लागत समय बढ्न नदिई इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङ लगायतको संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न २०६८ साल जेठ १८ मा ठेकेदारलाई जिम्मा लगाइएको थियो । ३५ महिनामा काम सक्ने गरि सिजिजिसीसँग ठेक्का सम्झौता भएपनि समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने अथवा सतही बनाउने विवाद, क्षमता बृद्धिको प्रस्ताव लगायतका कारण आयोजनाको म्याद दुई पटक थप गरी २०७६ बैशाख १७ मा पूरा गर्ने नयाँ लक्ष्य बनाइएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । आयोजना निर्माणमा चीन सरकार मार्फत चिनियाँ एक्जिम बैंक मार्पmत ११ करोड ५७ लाख अमेरिकी डलर ऋण प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु