Wednesday, 22 November 2017 06:44 pm, Nepal

बाम गठवन्धनका काभ्रेली उम्मेदवार भन्छन्, ‘अब मुलुक समृद्धिको दिशामा’

मेचीकाली : 2017-11-08 18:29:47


काभ्रे, २२ कात्तिक :

काभ्रे क्षेत्र नंवर १ का बाम गठवन्धनका उम्मेदवारहरुले अब चुनावपछि मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । राजनीतिक परिवर्तनको लडाई सकिएको भन्दै उनीहरुले अब आफूहरु मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुने पनि बताए ।

1आज रोशी गाउँपालिकाको कटुञ्जेमा आयोजित कार्यक्रममा काभ्रे क्षेत्र नंवर १ का प्रतिनिधिसभा उम्मेदवार गंगावहादुर दोङ बमध्वजले आफुहरु हिजो राज्यको अवरोध पन्छाएर आएकाले बाटोमा आइलागेका काँडा पन्छाउन कुनै महाभारत नभएको बताए । उनले आफूहरुले हिजो रोपेको बालीको फल टिप्न गाउँ पसेको भन्दै बाम गठवन्धनको सरकार बनेपछि मुलुक समृद्धिमा अघि बढ्ने बताए । कार्यक्रममा क्षेत्र नंवर १ प्रदेश सभा १ का उम्मेदवार रत्न ढकालले आफूहरु नयाँ नेपाल निर्माणको लागि अघि वढेको भन्दै परिआए आफ्नो जीवनलाई आहुति दिन पनि तयार रहेको बताए ।‘हामी सवै एमाले हौ, हामी सवै माओवादी हौ’ भन्दै उनले बामपन्थी उम्मेदवारलाई मत दिन आग्रह गरे ।

2यस्तै क्षेत्र नंवर १ प्रदेश २ का उम्मेदवार चन्द्र लामाले राजनीतिक  परिवर्तन का लडेको  यो  पुस्ता अब आर्थिक विकास र मुलुकको समृद्धि मा लाग्ने बताए । उनले भने, ‘अब नेपालका युवाहरुले  खाडी मुलुकको तातोमा काम गर्नुपर्र्ने दिनको अन्त्य  गर्नका लागि काभेमा वामगठवन्धनमा युवाहरुको उम्मेदवारी हो । बामगठवन्धन  काभ्रेलीजनताको सुख दुखको  सारथि भएको पनि लामाले बताएका थिए ।

3

4

5

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु