Wednesday, 22 November 2017 06:42 pm, Nepal

मतदाताको घरघरमा काभ्रेली बाम उम्मेदवारहरु

मेचीकाली : 2017-11-09 10:02:54


गठवन्धनको पक्षमा व्यवसायी पनि
काभ्रे, २३ कात्तिक : 

वाम गठवन्धनका उम्मेदवाहरु तालिका बोकेर घर घर पुगेका छन् । मतदाताहरुको घर दैलोमा उम्मेदवाहरुका प्रतिवद्धता र पार्टीका घोषणापत्र बोकेर मत माग्ने अभियान शुरु भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ अन्र्तगतका सबै गाउँपालिका र नगरपालिकाहरुमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भईसकेको छ ।

भोली शुक्रबार साल्मेचाकलमा खानीखोला गाउँपालिकाको संयुक्त निर्वाचन परिचालन कमिटी घोषणा हुँदैछ । महाभारत गाउँपालिकामा पनि संयुक्त निर्वाचन परिचालन कमिटी र घर दैलो पुग्ने अभियान बोकेर उम्मेदवारहरु गंगाबहादुर दोङ्ग बमध्वज र रत्न ढकाल मतदाताको घर घरमा पुग्न थालेका छन् भने सोहि क्षेत्रको प्रदेश सभा २ मा उम्मेदवार चन्द्र लामा तालिका सहित घर घर पुगेका छन् ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ र त्यस अन्र्तगतका प्रदेश सभाका उम्मेदवाहरु घर दैलो अभियानमा छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का वाम गठवन्धनका उम्मेदवार युवा नेता, पत्रकार, विश्लेषक गोकुल बास्कोटा निर्वाचन क्षेत्रका अधिकांश गाउँपालिका र नगरपालिकामा पुगिसकेका छन् । पाँचखाल, बनेपा, मण्डन देउपुर, बेथाञ्चोक, धुलिखेल नगरपालिका पुगि संयुक्त कमिटीका कार्यालय, निर्वाचन परिचालन कमिटीलाई सम्बोधन गरिसकेका छन् । अभियान अन्र्तगत अब बास्कोटा घर घर पुगेर मतदाताहरुलाई गठवन्धनले आगामी दिनमा मुलुकमा गर्ने विकास र सम्वृद्धिका योजनाहरु प्रस्तुत गरिरहेका छन् । उद्योगी, ब्यवसायी, कलाकार, पत्रकार, समाजसेवी, आम नागरिकहरु यो पटक वाम गठवन्धनका साझा उम्मेदवार विजयी बनाउने अभियानमा जुटेका छन् ।

‘पटक–पटक नेपाली कांग्रेसले सत्ताको नेतृत्व ग¥यो, मुलुक जहाँको त्यहि रह्यो’– एक ब्यवसायीले भने– ‘अब वाम गठवन्धनलाई मतदान गरेर अवसर दिने हो ।’ मुलुकमा एक पटक छिमेकी देश चीनको जस्तो नेतृत्व आवश्यक रहेको बताउँदै ब्यवसायीहरुले भने–‘ मतदान गरेर निकास दिन्छौ, तपाईहरु विकास दिनुस् ।’ वाम गठवन्धनका उम्मेदवाहरुले जनताको विश्वासलाई ब्यवहारमै देखाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई आशिर्वाद दिनेहरुको ओईरो छ । जनताको अभिमत र चाहना वाम गठवन्धन भएकाले मतदाताहरुले समेत गठवन्धनकै उम्मेदवारलाई सघाउने उद्घोष गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु