Wednesday, 22 November 2017 06:45 pm, Nepal

बनेपामा ज्योति इन्स्योरेन्सको शाखा

मेचीकाली : 2017-11-10 16:37:21


काभ्रे, २४ कात्तिक :

व्यापारिक नगरी बनेपामा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो शाखा स्थापना गरेको छ । मुलुकको १२ औं बिमा कम्पनीको रुपमा स्थापित भएको ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो १४ औं शाखा बनेपामा स्थापना गरेको हो । शाखा कार्यालयको आज आयोजित एक कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले उद्घाटन गरेका थिए ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका  कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीको बारेमा प्रष्ट पारेका थिए । उनका अनुसार यसअघि कम्पनीले काठमाडौं उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक र सुर्यविनायकमा शाखा सञ्चालन गरिसकेको छ । यस्तै उपत्यकाबाहिर नारायणगढ, बिरगञ्ज, पोखरा लगायतका स्थानमा पनि शाखा स्थापना भइसकेको छ । उक्त कम्पनीमा विभिन्न पेशा, उद्योग व्यवसाय, वित्तीय क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरुको संलग्नता रहेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब तथा जारी पुँजी २ अर्ब २० करोड र चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको खत्रीले बताए ।

उनका अनुसार कम्पनीले निकट भविश्यमै ६६ करोडको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्ता पुँजी २ अर्ब २० करोड पु¥याउनेछ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सफल व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारका रहेका छन् । शाखा कार्यालय उदघाटन कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले जिल्लामा थप एउटा बिमा कम्पनी भित्रिएको भन्दै संघले आवश्यक सबै किसिमका सहयोग गर्ने बताए । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली, काभ्रे उद्योग वाणिज्य संघका सचिव कैलाश पलाञ्चोके लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम शाखा प्रवन्धक निर्मल त्रिपाठीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु