Wednesday, 22 November 2017 06:46 pm, Nepal

बनेपामा भीषण आगलागी, फर्निचर उद्योग ध्वस्त

मेचीकाली : 2017-11-11 08:52:56


बनेपा, २५ कात्तिक :

काभ्रेको बनेपामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । गएराती अबेर बनेपा नगरपालिका वडा नंवर ७ शुभकामना चलचित्र मन्दिर नजिकै रहेको हरिहरपुर फर्निचरमा आगो लागेको हो । राती ११ बजेतेरि सुरु भएको आगो बिहानपखमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट फर्निचर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर नजिकै रहेको घरमा समेत क्षति पुगेको छ । आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने यकिन भइसकेको छैन । भक्तपुरबाट आएको दमकल र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । काभ्रेमा बर्सेनी आगलागीका घटना भइरहे पनि जिल्लामा एउटा पनि दमकल नहुँदा भक्तपुर र काठमाडौंका दमकलको भर पर्नुपर्ने हुन्छ । जसका कारण आगलागीबाट बढी क्षति हुने गरेको स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु