Wednesday, 22 November 2017 06:41 pm, Nepal

एउटै कम्यूनिष्ट पार्टी बन्ने खबरले काभ्रेका गाउँ-गाउँमा उत्साह

मेचीकाली : 2017-11-13 17:02:50


फरक चुनाव चिन्हमा भोट माग्दै नेता कार्यकर्ता
काभ्रे, २७ कात्तिक :

दशैं लगत्तै वाम गठबन्धन बनाएर चुनावी प्रचारमा होमिएका दुई ठूला कम्यूनिष्ट पार्टी एकता हुने खबरले यत्तिखेर काभ्रेका गाउँबस्तीमा वाम गठबनधनका पक्षमा जनलहर उर्लिरहेको छ । ढुंर्खकका नारायण फुयाल माओवादी केन्द्रका सकृय कार्यकर्ता हुन् उनी पनि दुई पार्टीको एकताले निक्कै खुसी छन् । फुयाल यत्तिखेर वेथानचोकमा वामगठबन्धनको चुनावी कार्यक्रममा सकृय छन् ।

उनी वाम एकताले कम्युनिष्ठहरुमा उत्साह थपेको बताउँछन् । हामी वामपन्थीहरुको बर्चश्व छ तर भोट छरिदा हामीले चुनाव हार्ने थियौ अब वाम गठबनधनले नै पक्का जित्ने छ उनले भने । चुनावी एकता मात्र नभई पार्टी एकता भए हामीले कहिल्यै हार्ने थिएनौ उनले थपे ।

    निर्वाचनका लागि मात्र एकता होला भन्ने पिर थियो तर अहिलेसम्म आउँदा पार्टी एकता हुने लगभग पक्का देखियो यसमा हामी धेरै खुसी छौ बनेपा नगरपालिका वडा नं. २ का विनोद घिमिरेले भने । चुनाव सकिए लगत्तै नेताहरु आआफ्नो बाटो लागे भने हामीले चाहेको विकासको चाहाना टुट्ला भन्ने डर थियो तर अब डराउने अवस्था छैन पार्टी एकता पक्का हुनेछ घिमिरेले थपे ।  

    मण्डन देउपुरका माओवादी कार्यकर्ता एवं विद्यार्थी नेता गोकुल डोटेल पनि वाम एकता सँगै पार्टी एकताको खबरले निक्कै हौसिएका छन्  । उनी यत्तिखेर एमालेको निर्वाचन चिन्ह सूर्यमा वाम गठबन्धनका उम्मेदवार बसुन्धरा हुमगाईलाई जिताउनका लागि भोट मागिरहेको अवस्थामा भेटिन्छन् । उनी भन्छन् बसुन्धरा कमरेडसँग यसरी सँगै चुनावी अभियानमा हिड्न पाउँदा निक्कै खुसी रहेको बताउँछन् । कोशीपारीका यूवा नेता एवं यूवा संघ काभ्रेका अध्यक्ष  विक्रम चौलागाई माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडामा भोट मागिरहेको अवस्थामा भेटिन्छन् । उनी पार्टीको एकताको सन्देश गाउँगाउँमा पु्¥याउन चुनावी सभामा होमिएको बताउँछन् । हामी गठबन्धनका उम्मेदवारहरुलाई साझा उम्मेदवारका रुपमा बोकेर हिडिरहेका छौ । हिजोका मतभेदलाई भुल्दै हामी एउटै पार्टीका कार्यकर्ताहरु जसरी हिडेका छौ उनले भने ।  वामगठबन्धनको पक्षमा के एमाले के माओवादी दुर्बै पार्टीका नेताहरुले हातेमालो गरेर हिडेसँगै गाउँगाउँमा वामगठबन्धनको चुनावी माहोल उत्साहजनक देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु