Wednesday, 22 November 2017 06:42 pm, Nepal

इरानको भूकम्पबाट मृत्यु हुनेको २०७ जना

एजेन्सी : 2017-11-13 17:06:11


तेहरान, २७ कात्तिक :

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको समाचार छ ।उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि २०७ जनाको शव भेटिएको छ ।सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु