Wednesday, 22 November 2017 06:46 pm, Nepal

टेलिभिजनमा आक्रमण र हत्याको निन्दा

एजेन्सी : 2017-11-13 17:07:28


अफगानिस्तान, २७ कात्तिक :

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा गत हप्ता भएको आतङ्ककारी आक्रमण र हत्याको अधिकारवादीहरुले विरोध गरेका छन् ।उक्त आक्रमणमा कम्तीमा पनि पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका थिए । त्यस आक्रमणमा परी अरु करिब २१ जना घाइते भएका बताइएको थियो ।

टेलिभिजन प्रशारण संस्थामा हमला गरिनु नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन हो भन्दै यसबाट प्रेस स्वतन्त्रताको पनि हनन भएको अधिकारवादीहरुले जनाएका छन् ।काबुलको चामन–ए–हजुरी नजिकै रहेको पास्तो भाषाको सामसद टेलिभिजनमा दुई आक्रमणकारीले हमला गरेका थिए । उक्त हमलामा मारिनेमा पत्रकार नपरेको भए पनि यसबाट सञ्चार संस्थानमाथि अधिकार जमाउने र तर्साउने प्रयत्न गरिएको समाचारमा जनाइएको छ ।

काबुलका पत्रकार तथा अधिकारवादीहरुले सो घटनाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरुले आगामी दिनमा यसरी सञ्चारमाध्यममाथि हमला हुनसक्ने अवस्थाबारे विचार गरेर कडा सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग पनि गरेका छन् ।प्रहरीको भेषमा आएका आक्रमणकारीले टेलिभिजनको भवनमा रहेका कर्मचारी र सुरक्षाकर्मीमा माथि गोली हान्न थालेका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी पनि दुई जना मारिएका थिए ।

घाइतेमध्ये केही सञ्चारकर्मी तथा चारजना बारुद नियन्त्रण अधिकारी रहेका यहाँको प्रहरीले एक वक्तव्य जारी गरी जानकारी गराएको छ । आक्रमणको अफगानी राष्ट्रपति असरफ घानी, अफगानी पत्रकार सुरक्षा समितिलगायतले पनि कडा शब्दमा निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु