Wednesday, 22 November 2017 06:42 pm, Nepal

निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ

मेचीकाली : 2017-11-14 08:43:08


काठमाडौं, २८ कात्तिक :

निर्वाचन आयोगमा आचारसंहिता उल्लङ्घनका उजुरीको चाङ लागेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा मतदातालाई आआफ्नो पक्षमा पार्न आचारसंहिता विपतिका कार्य गरेको भन्दै उम्मेदवार र दलविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो ।

निर्वाचन आयोगमा झण्डै २ हजारको सङख्यामा आचारसंहिता उल्लङ्घनको उजुरी दर्ता भएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँले आयोगले ती उजुरीका विषयमा कारवाही प्रक्रिया अगाडी पठाएको बताउनुभयो । सबैभन्दा धेरै उम्मेदवारले गरेको खर्च, यातायातका साधान, पोष्टर टासेको, गर्न नहुने ठाउँमा कार्यक्रम गरेको जस्ता विषयमा परको छ ।
परेका उजुरीका पहिलो चरणको कारवाही प्रक्रिया अघि बढेको आयोगले जनाएको छ ।  निर्वाचन आयोगले निर्वाचनमा क्रममा हुने मानवअधिकार उल्लंघनका घटनाका विषयमा आज मानवअधिकार आयोगका पदाधिकारीसँग छलफल गर्दैछ । आयोगले गरिरहेको अनुगमनका आधारमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु