Wednesday, 22 November 2017 06:41 pm, Nepal

दशौँ दक्षिण एसिया सम्मेलन आजदेखि

मेचीकाली : 2017-11-14 08:43:38


काठमाडौं, २८ कात्तिक :

दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बृहत् रुपमा छलफल गर्ने उद्देश्यले आजदेखि दशौँ दक्षिण एसिया सम्मेलन हुने भएको छ । वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (साउती)ले संयुक्त रुपमा आयोजना गर्ने सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा बढीको सहभागिता हुनेछ ।

 सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का वाणिज्यमन्त्री, योजनाविद् एवं अर्थशास्त्री तथा सार्कका पर्यवेक्षक राष्ट्रका विज्ञको सहभागिता रहने योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले जानकारी दिनुभयो । तीनदिने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार सम्भावनाको खोजी, दिगो विकासका लक्ष्य, समावेशी विकास, मौसम परिवर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप जोखिम न्यूनीकरणजस्ता १८  विषयमा गहन छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु