Wednesday, 22 November 2017 06:46 pm, Nepal

बाम गठवन्धनपछि काभ्रेमा आत्तिएको कांग्रेसले एमाले–माओवादीको पोष्टर च्यात्यो

मेचीकाली : 2017-11-15 08:12:54


काभ्रे, २९ कात्तिक :

बाम गठवन्धनपछि जिल्लामा एक सिट पनि आफ्नो पक्षमा नआउने देखिएपछि काभ्रेका कांग्रेस नेता कार्यकर्ता आत्तिन थालेका छन् । एमाले र माओवादीले संयुक्तरुपमा उम्मेदवार उठाएर गठवन्धन गर्दै गाउँगाउँमा आफ्नो माहोल सिर्जना गरेसँगै कांग्रेस आत्तिएको हो । त्यसको पुष्टि कांग्रेसले गरेका केही हर्कतले पनि गरेको छ ।

बाम गठवन्धनपछि आत्तिएका कांग्रेसका कार्यकर्ताले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने डाँडापारि क्षेत्रमा वाम गठबन्धनका संयुक्त उमेद्वारहरुको चुनावी प्रचार सामग्रीहरु च्यातेका छन् ।

डाँडापारिका विभिन्न स्थानमा आफूहरुको झण्डा, पोष्टर तथा तोरणहरु च्यातेर नेपाली कांग्रेसले वामहरुसँग जोरी खोजेको  बाम गठवन्धनका नेताहरुले बताए । वाम गठबन्धनका महाभारत गाउँपालिका वडा नं. २ को स्याप्ले डाँडा, महाभारत गाउँपालिकाकै वडा नं. ३ मा रहेको सानोपोखरा र खानीखोला गाउँपालिकाको वडा नं. २ जगथलीमा चुनावी पोष्टर र झण्डाहरु च्यातिएको हो । वाम गठबन्धनका पोष्टर च्यातेको काभ्रे निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका कांग्रेस उमेद्वार तीर्थ लामाका कार्यकर्ताहरुले स्वीकार गरेका छन् ।

चुनाव प्रचारमा जनताको सहभागिता उत्साहपूर्ण भएपछि नेपाली कांग्रेस आत्तिएर गुण्डागर्दी र झडप निम्त्याउँदै निर्वाचन विथोल्ने मनस्थितिका साथ निर्वाचन आचारसंहिता विपरित कार्य गरेको वाम गठबन्धनका जिल्ला नेताहरुले बताएका छन् । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार बमध्वजले वामपन्थीहरु संयमित भएर हिडेको अवस्थामा अप्रिय घटना निम्त्याउन खोजिएको बताए । उनले भने– हामी मानवअधिकारवादी संघ÷संस्था, प्रशासन, निर्वाचन आयोग र मिडिया सहित सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं कि वाम गठबन्धनको संयमताका लागि कमजोरी नठानियोस् ।

उनले अनुरोधका साथ चुनौती दिंदै भने–त्यस्तो हेपाहा प्रवृत्तिको शसक्त प्रतिकार गर्न वाम गठबन्धन तयार छ । वामपन्थीको मानमर्दन नगरियोस, हामी चाहन्छौं अप्रिय घटना नहोस र जनतामा आतंक नफैलियोस । शान्तिपूर्ण रुपमा प्रतिष्पर्धामा उत्रन आग्रह छ, नत्र यस्तो गलत क्रियाकलाप गर्न उक्साउने नेता र पार्टीले त्यसबाट हुने अप्रिय घटनाको जिम्मेवारी लिनु पर्नेछ ।

खबरघर डटकमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु