Monday, 18 December 2017 03:14 am, Nepal

ट्रकको ठक्करबाट दुईको मृत्यु

मेचीकाली : 2017-11-27 12:59:30


कपिलवस्तु, ११ मंसिर :

ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु