Monday, 18 December 2017 03:15 am, Nepal

लोकतान्त्रिक गठवन्धन संकटमा, काभ्रेमा राप्रपा प्रजातान्त्रिकले बाम गठवन्धनलाई समर्थन गर्ने

मेचीकाली : 2017-11-28 19:11:51


काभ्रे, १२ मंसिर :

काभ्रेमा चुनावी सरगर्मी बढीरहँदा सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) काभ्रेले प्रतिनिधि र प्रदेश सभाको चुनावमा बाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । केन्द्रमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेको राप्रपा प्रजातान्त्रिकले काभ्रेमा बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने संस्थागत निर्णय गरेको राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जानकारी दिए ।

राप्रपा प्रजातान्त्रिकले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बिरबहादुर योञ्जनले बाम गठबन्धनको राष्ट्रियताको सवाल र राप्रपा प्रजातान्त्रिकको राष्ट्रियताच सम्बन्धीको धारणा एकै भएकोले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा काभ्रेमा बाम गठबन्धनका उम्मेदवारलाई आफुहरुको समर्थन रहेको बताए । उनले विगतदेखि नै काभ्रेको विकास निर्माण लगायतको समग्र हितमा बाम गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रलाई समर्थन गरेको जनाउँदै जिल्लाको समग्र विकासका लागि यो चुनावमा पनि बाम गठबन्धनलाई समर्थन गरेको बताए ।

पत्रकार सम्मेलनमा नेकपा एमाले काभ्रेका अध्यक्ष एवं बामगठबन्धन निर्वाचन परिचालन कमिटिका संयोजक टोकबहादुर वाईवाले रापप्रपा प्रजातान्त्रिकसँगै कुनै किसिमको सम्झौता नभएको बताए । वाईवाले राप्रपा प्रजातान्त्रिकले संस्थागत निर्णय गरेर नै बाम गठबन्धनलाई सहयोग गरेको स्पष्ट पारे । उनले आफुहरुबीचमा राप्रपा प्रजातान्त्रिकले प्रतिनिधि र प्रदेश सभाको चुनावमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने र समानुपातिमकमा आ–आफ्नो पार्टीलाई मतदान गर्ने निर्णय भएको बताए । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङ‘लालध्वज’ ले राप्रपा प्रजातान्त्रिकसँग आफुहरुले निर्वाचनसम्म मात्रै नभई आगामी दिनमा पनि सँगसँगै अघि बढ्नको लागि उहाँहरुलाई आग्रह गरेको बताए । उनले देशको राजनीति दुई ध्र्र्रवमा बाँडिएकोले राष्ट्रवादी र परिवर्तनकारी एक ठाउँमा र यथास्थितीबादी एक ठाउँमा उभिएको खण्डमा राप्रपा प्रजातान्त्रिकले राष्ट्रियता र परिवर्तनको सवालमा गठबन्धनलाई सहयोग गरेको बताए । उनले समग्र काभ्रेको विकासका लागि विभिन्न शक्तिसँग सहकार्यको लागि विभिन्न चरणमा वार्ताहरु भईरहेको बताए । कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले बाम गठबन्धनले लिएको राष्ट्रियतालगायतका सवालमा आफ्नो पार्टीको विचार मिलेकोले मंसिर २१ को निर्वाचनमा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु