Monday, 18 December 2017 03:13 am, Nepal

काभ्रेमा ‘बुथ कब्जा गर्न’ खटायो कांग्रेसले टोली

मेचीकाली : 2017-12-01 08:27:15


अन्य जिल्लाबाट हतियारसहित मान्छेहरु ल्याइयो
बनेपा, १५ मंसिर :

माओवादी केन्द्रको तर्फवाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर एक को प्रदेश सभा १ का उम्मेदबार रत्न ढकालले निर्वाचन विथोल्ने र भड्काउने षडयन्त्र भएको भन्दै विशेष चनाखो हुन प्रशासनको ध्यानाकर्षण गराएका छन् । काभ्रेको डाँडापारी रोशी तिमाल र नमोबुद्धका आफ्ना वडामा घरदैलो कार्यक्रम पछि कोशीपारी जाने क्रममा जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढकालले निर्वाचन सम्पन्न भएका जिल्लावाट अत्याधुनिक हतियार सहितको समूह काभ्रे भित्रिएको सूचना आफुले पाएकाले निर्वाचन विरोधी गतिविधि हुन नदिन पत्रकार र प्रशासनले चनाखो हुनुपर्ने बताएका हुन ।
उनले  काभ्रेमा बाम गठवन्धनको बलियो आधार रहेका बुथहरुमा बाहिरी जिल्लावाट आएका अत्याधुनिक हतियार सहितको समूह परिचालित हुन लागेको पनि सूचना पाएको सञ्चारकर्मीहरुलाई बताएका छन् ।  ति समूहहरुवाट निर्वाचन भडकाउने र विथोल्ने यदि त्यस्तो परिस्थिती भयो भने त्यसले जनताको मौलिक अधिकार हनन हुने हुँदा जो उनीहरुको भोट हाल्न पाउने, मताधिकारको रक्षा गर्न पाउने संबिधानले दिएको अधिकारवाट बञ्चित हुन नदिन प्रशासनले ध्यान दिओस । प्रशासनले त्यस्ता समूहहरुलाई पहिचान गरि काम कारवाही अघि बढाउदैन भने बाम गठवन्धनले पनि युवा संघ र बाईसीएल परिचालन गरेर त्यस्तो समूहलाई नियन्त्रणमा लिने पनि उनले बताए । यस्ता गतिविधिवाट शान्तिपुर्ण निर्वाचनलाई असर पु¥याउने बताउदै ढकालले सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन प्रशासनसँग माग पनि गरेका छन् ।
उनले निर्वाचनमा काभ्रेमा लोकतान्त्रिक गठवन्धनका नेतासँग खटिने केही युवाहरुमा अत्याधुनिक हतियार समेत रहेको सुूचना आएको भन्दै बेलैमा प्रशासनले यो बारेमा खोजतलास गर्नुपर्ने माग पनि गरेका छन् । उनले पत्रकारसँग कुरा गर्दै काभ्रेमा अवान्छित गतिविधि तथा आर्थिक चलखेल गुण्डागर्दी र अराजकताको प्रयोग भयो भने यसको मुक्काविला गर्न बाम गठवन्धन पनि तयार रहेको चेतावनी समेत दिएका छन् ।  उम्मेदबार ढकालले मंसिर २१ गतेपछि देशमा बामपन्थीको सरकार आउने र त्यो सरकारले देशमा अराजकता मच्चाउने, जनतालाई तर्साउने, धम्काउनेहरुलाई कसरी ठिक गर्नुपर्छ भन्ने कुराको जवाफ दिने पनि स्पष्ट पारेका छन् । उनले लोकतान्त्रिक गठवन्धनमा रहेर कांग्रेंसलाई भोट हाल्ने साथीभाईलाई पनि जनतालाई आतंकित बनाएर हिडने कार्य बन्द गर्नको निम्ती पनि अनुरोध गरेका छन् ।

     निर्वाचनको राम्रो माहौल भैरहेको बेलामा माहौल विगार्ने भडकाउने र चुनाव विथोल्नेतिर लागेमा गैर राजनीतिक क्रियाकलाप गर्नेहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन र बाध्यात्मक हिसावले नियन्त्रणमा लिन बाम गठवन्धन सक्षम रहेको पनि स्पष्ट पारेका छन् । उनले जिल्लामा शान्तिपुर्ण भयरहित सुरक्षाका साथ चुनाव सम्पन्न गर्नका पत्रकारहरुको पनि कलम चलाउनुपर्ने उल्लेख गरेका छन् । नेता ढकालले चुनावमा शान्तिपुर्ण प्रतिस्पर्धा गर्ने परिस्थिती सिर्जना गर्नको निम्ती बाम गठवन्धन तयार रहेको भन्दै यति गर्दागर्दै पनि संयमता धैयर्ता र इमानदारितामा कसैले प्रश्न गर्न खोज्यो भने त्यसको जवाफ पनि त्यही ढंगले दिने पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु