Monday, 18 December 2017 03:24 am, Nepal

राजनीतिक संकट समाधानका लागि भेटेजुयलामा वार्ता

एजेन्सी : 2017-12-02 17:08:25


काराकास, १६ मङसिर :

भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ ।डोमेनिकन रिपब्लिकमा शुक्रबार दुई दिने वार्ता शुुरु भएको अधिकारीहरुले जनाएका छन् ।सरकारको तर्फबाट प्रतिनिधित्व गर्नु भएका भेनेजुयलाका सञ्चार मन्त्री जोर्गे रोड्रिग्युजले यसअघि सहमति भएका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी प्रणाली मध्येमै पर्ने बताउनुभयो ।वार्तामा विपक्षीको तर्फबाट सहभागी प्रतिनिधिमध्येका प्रमुख जुलिओ बोर्गेसले आफु भेनेजुयलाका नागरिकको आधारभूत अधिकारका लागि लडिरहेको बताउनुभयो । उहाँले अधिकार नपाउदासम्म आपूmहरुको संघर्ष जारी रहने अठोट पनि गर्नुभएको छ ।

भेनेजुयलाको विपक्षी पार्टीले राष्ट्रपति निकोलस माडुरोको प्रशासनले मुलुकलाई आर्थिक संकटमा फसाएको र नागरिकलाई अधिकार नदिएको भन्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु