Monday, 18 December 2017 03:23 am, Nepal

धान उत्पादनमा वृद्धि

मेचीकाली : 2017-12-02 17:14:58


पाल्पा, १६ मंसिर :

जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ ।उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्दा धान उत्पादनमा वृद्धि भएको हो । गत वर्षभन्दा यस वर्ष दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३५ हजार ८८ मेट्रिक टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा पाल्पाका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ । माडी, रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सत्यवती, गल्धा, पूर्वखोला, रिङ्नेरहजस्ता क्षेत्रमा धानबालीको खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु