Monday, 18 December 2017 03:14 am, Nepal

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

मेचीकाली : 2017-12-05 12:58:50


रौतहट, १९ मंसिर :

रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताउनुयभो । मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु