Monday, 18 December 2017 03:16 am, Nepal

मतदाता मतदानका लागि ब्यग्र प्रतिक्षामा

मेचीकाली : 2017-12-06 10:57:22


परिचयपत्र वितरण आज पनि
काठमाडौं, २० मंसिर :

भोलि हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता ब्यग्र प्रतिक्षामा रहेका छन् । हिजोबाट सुरु भएको मतदाता परिचय पत्र वितरण आज पनि जारी रहने भएको छ । ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आजपनि मतदाता परिचय पत्र वितरणको कार्यक्रम रहेको छ ।

आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् । एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु