Monday, 18 December 2017 03:22 am, Nepal

मतगणनाको तयारी पनि सँगै, छिटो सक्न टोली परिचालन

मेचीकाली : 2017-12-06 10:57:42


काठमाडौं, २० मंसिर :

निर्वाचन आयोगले प्रतिनिधीसभा र प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीको मतगणना कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार ४ दिन भित्र गणना सकिनेछ । प्रत्यक्ष निर्वाचन प्रणालीको ४ दिन भित्र र समानुपातिकतर्फको ८ दिन भित्रमा मतगणना कार्य सक्ने ब्यवस्था मिलाएको आयोगले जनाएको छ ।

 ८ दिनभित्र मतगणनाको सम्पूर्ण काम सक्ने आयोगको लक्ष्य रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसका लागि आयोगले शिक्षक बाहेकका सरकारी कर्मचारी र मत गणनास्थलको तयारी समेत गरेको जनाएको छ । कर्मचारीहरु बीच २४ घण्टामा ७ घण्टाका दरले ३ सिफ्ट बनाएर मतगणना गरिने छ । गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मतगणना २१ गते ५ बजे पछि शूरु हुने आयोगले जनाएको छ । दोश्रो चरणको निर्वाचनको मतगणना भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलबिच सहमती भएपछि मात्र शुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु