Monday, 18 December 2017 03:22 am, Nepal

जापानका संसदीय उप–विदेशमन्त्रीले चुनावको पर्यवेक्षण गर्ने

मेचीकाली : 2017-12-06 10:58:14


काठमाडौं, २० मंसिर :

जापानका संसदीय उप–विदेशमन्त्री इवाओ होरी आज नेपाल आउँदै हुनुहुन्छ । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउनुहुने भएको छ । उहाँ एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै आज नेपाल आउन लाग्नुभएको हो ।

नेपालका लागि जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार होरीको टोलीले आजै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यसअघि टोलीले प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नुहुनेछ । अपरान्ह राजधानीमा अन्तर्राट्रिय पर्यवेक्षक, काठमाडौंस्थित कुटनीतिक समुदाय तथा विकास साझेदारहरुबीच अन्तरक्रियामा टोली सहभागी हुनेछ । पर्सि चुनावका दिन विभिन्न मतदान केन्द्रहरुमा पुगेर टोलीले पर्यवेक्षण गर्ने विज्ञप्तिमा उल्लेख छ । टोली शुक्रबार स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु